नालामा डुबेको अवस्थामा तीन बालकको शव फेला

50
प्रतीकात्मक तस्बिर ।

नेपालगन्ज, वैशाख ११–
नालामा डुबेको अवस्थामा तीन बालकको शव फेला परेको छ । बाँकेको बैजनाथ गाउँपालिका–२ पितामारी नालामा डुबेको अवस्थामा उनीहरुको शव फेला परेको हो ।
बिहीबार दिउँसो पौडी खेलए गएका तीनजना बालक मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

मृत्यु हुनेमा क्रमशः नरेश कुँवर, नवीन परियार र अनित रावत रहेका छन् । उनीहरु सबै बैजनाथ गाउँपालिका २ पितमारीका वासिन्दा हुन् ।

Womui
Womui