महाधिवेशनबारे कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल

37

छिनछिन खबर
नेपालगन्ज, भदौ १५
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक नयाँ बानेश्वरस्थित संविधान सभा भवनमा बिहान बसेको छ । बैठकमा संविधान निर्माण, सीमाङ्कनको विषयलाई लिएर तराई-मधेसमा भइरहेको आन्दोलन, पार्टीको आसन्न १३ औँ महाधिवेशन, सभासद् अमरेशकुमार सिंहको स्पष्टिकरण जवाफलगायत विषयमा छलफल भएको बुझिएको छ । कांग्रेसको १३ औँ महाधिवेशन आगामी असोज २ देखि ५ गतेसम्म र त्यसअघि यही भदौ १७ गतेदेखि गाउँ, नगर, वडा अधिवेशन तोकिएको भएपनि पार्टी संविधान लेखन प्रक्रियामा व्यस्त रहेका कारण तयारी गरेको देखिएको छैन ।
Womui
Womui