लिम्बुवानको बन्दले पुर्वी जिल्लाको जनजीवन प्रभावित

39

छिनछिन खबर

ताप्लेजुङ, भदौ १५

[ads1]संघीय लिम्बुवान पार्टीले आहृवान गरेको बन्दका कारण मंगलबार पुर्बी जिल्लाको जनजीवन प्रभावित भएको छ । अरुण पूर्वकानौ जिल्लामात्र भएको प्रदेश चाहिने भन्दै संघीय लिम्बुवान पार्टीले सोमबार र मंगलबार पूर्वका नौ जिल्लामा दुई दिने आमहड्तालको आहृवान गरेको हो । बन्दले पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीको जनजीवन प्रभवित बनेको छ । ती क्षेत्रमा कलकारखाना, शिक्षणसंस्था ठप्प छन, भने लामो तथा छोटो दूरीका सवारी-साधन चल्न सकेका छैनन् । चार दलले अरुणपूर्वका नौ जिल्लामा सगरमाथा अञ्चलका पाँच जिल्ला पनि थपेर प्रदेश बनाएकोमा बिरोध गरेको छ । संघीय लिम्बुवान प्राप्तिका लागि दबाव दिन शान्तिपूर्ण आन्दोलन सञ्चालन भइरहेको संघीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले बताए ।

Womui
Womui