बाँकेमा लकडाउनलाई कडाइ गरिने

84

छिनछिन खबर
नेपालगन्ज, वैशाख ७–
बाँकेमा लकडाउनलाई कडाइ गरिने भएको छ । सरकारद्वारा जारी लकडाउनको उल्लङ्घन गर्दै अनावश्यक रुपमा मानिसको आवतजावत बढी हुन थालेपछि लकडाउनलाई कडाइ गर्न थालिएको हो ।
औषधि पसलबाहेक अन्य सम्पूर्ण पसलहरु साँझ ४ः०० बजेदेखि बन्द हुने सोमबार बसेको सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । खाद्य, तरकारी, माछामासु, डेरीलगायतका दैनिक उपभोग्य वस्तु खरिद बिक्री गर्ने बहानामा मानिसको आवतजावत बाँकेमा बढी हुन थालेपछि लकडाउनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताएका छन् । साँझ ४ः०० बजेसम्म मात्र दैनिक उपभोग्य सामानको बिक्री वितरण हुने र त्यसबाहेकको समयमा मानिसको आवतजावत भए कानुन बमोजिम कारबाही गरिनेसमेत प्रजिअ खड्काले बताएका छन् ।
त्यस्तै बैठकले मन्दिर, मस्जिदमा रहेका व्यक्तिको समेत आरडीटी जाँच गर्ने निर्णय गरिएको छ ।

Womui
Womui