कर्फ्यु उल्लङघन गर्दै प्रहरी चौकीमा आगजनी

41

छिनछिन खबर
विरगन्ज, भदौ १४

मधेसी मोर्चाका कार्यकर्ताले आज ४ बजेदेखि लागेको कर्फ्यू उल्लङघन गर्दै विरगन्जको राजीघाट प्रहरी चौकीमा आगजनी गरेका छन् । वरपरका घरमा समेत आगो लाग्ने खतरा भएपछि स्थानीयले चौकीका सामान बाहिर निकालेर जलाएका थिए । मोर्चाका कार्यकर्ताहरुले घण्टाघर लगायतका बिभिन्न स्थानमा प्रदर्शन गर्दै तोडफोड र आगजनी गरेका छन् । घण्टाघरस्थित टेलिकम कार्यालयमा तोडफोड भएको छ । जिल्ला विकास समिति लगायतका सरकारी कार्यालयको सुरक्षामा खटिएका प्रहरीहरुलाई प्रदर्शनकारीले लखेटेका थिए । विरगञ्ज नगर क्षेत्रमा अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

Womui
Womui