इटहरी लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै

49

 

भोजराज घिमिरे
विराटनगर, भदौ १४

पूर्वको व्यापारिक केन्द्र इटहरीमा पछिल्लो समय लागूऔषधको विशेष ट्रान्जिट प्वाइन्ट बन्दै गएको प्रमाण फेला परेको छ । सुनसरीको इटहरीबाट दुइ साताको अन्तरमा प्रहरीले भारीमात्रामा लागूऔषध बरामद गरेपछि इटहरी लागूऔषध कारोबार स्थलको मुख्य केन्द्र बनेको पाइएको हो । इलाका प्रहरी कार्यालय इटहरीले भारीमात्रामा लागूपदार्थसहित कारोबारमा संलग्न मध्ये एकलाई सार्वजनिक गरेको छ । इटहरीको दीपेन्द्र चौकबाट लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा इटहरी–५ का ४० वर्षीय रोहति कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । लागूऔषधको कारोबार गर्दा गर्दे रंगेहात कार्की पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पक्राउ परेका कार्कीको साथबाट प्रहरीले लागूऔषध बिक्री गरेको २२ हजार ६ सय नगदसहित ६ थान नाइट्रोजन टयाब्लेट, एक सय एमएलको ६७ बोतल कोरेक्स र स्पास्मो प्रोक्सिवन ६० क्याप्सुल लागूऔषध बरामद गरेको छ । पक्राउ परेका कार्कीविरुद्ध लागूऔषध बेचबिखन ऐन सम्बन्धी कानुनी कारबाही अघी बढाइने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी ओम प्रकाश अधिकारीले बताए ।
पक्राउ परेको व्यक्तिलाई सार्वजनिक गर्दै डिएसपी अधिकारीले इटहरीमा लागूऔषध कारोबार गर्नेको ठूलै गिरोह सक्रिय रहेको बताए । इटहरीबाट लागूऔषध नियन्त्रणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरेको बताउँदै डिएसपी अधिकारीले प्रहरी अपरेसन सुरु गरेको बताए ।

Womui
Womui