‘विद्यालयलाई राजनीतिक अखडा नबनाऔं’

57

 

भोजराज घिमिरे
विराटनगर, भदौ १४

जिल्लास्थित निजी तथा आवासीय विद्यालयहरुको संगठनले विद्यालयलाई राजनीतिक अखडा नबनाउन माग गरेका छन् । देशमा चलिरहेको संघीयताको विषय पूर्ण रुपमा राजनीतिक मुद्दा भएकाले विद्यालयलाई राजनीतिक अखडा नबनाउनु पर्ने  माग संयुक्त पत्रकार सम्मेलनमार्फत् प्याब्सन, एन प्याब्सन र हिसानले राखेका हुन् ।
संगठनले आगामी बुधबारदेखि शैक्षिक संस्था सञ्चालन गर्ने वातावरण बनाउन मानवअधिकारवादी, पत्रकार तथा स्थानीय निकाय र आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा अधिकारका लागि गरिएको राजनीतिक आन्दोलन राजनीतिक तरिकाबाटै समाधान खोज्न आग्रह गरिएको छ ।
पत्रकार सम्मेलनमा प्याब्सनका पूर्वाञ्चल सल्लाहकार टिकाराम पुरीले आन्दोलनरत पक्षसँग पटक पटक छलफल गरे पनि शैक्षिक संस्था खोल्ने वातावरण सिर्जना नभएको बताए । उनले भूकम्प गएको समयमा पनि १५ दिन विद्यालय बन्द भएको बताउँदै यसरी पटक पटकको विद्यालय बन्दले विद्यार्थीको भविष्यमाथिको अन्याय भएको बताए ।

Womui
Womui