अज्ञात समूहले चलाएको गोली लागि एक सर्वसाधारण घाइते

45

 

छिनछिन खबर
सिरहा, भदौ १४

सिरहा नगरपालिकामा एक सर्वसधारणमाथि आज दिउँसै अज्ञात समूहले गोली प्रहार गरेर फरार भएका छन्। गोली लागेर मिर्चैया नपा १० मथलेसरका अन्दाजी ३० वर्षीय रामबाबु यादब घाइते भएको सिरहाका एसपी रामकृपाल साहले बताए। उनका अनुसार पाखुरामा गोली लागेका यादबको उपचार सिरहा अस्पतालमा भइरहेको छ।

गोली कसले र किन चलाएको भन्ने केही नखुलेको एसपी साहले बताए। उनले भने, ‘यादव स३प ७२२० नम्बरको मोटरसाइकल चढेर माडरतर्फ जाँदै थिए। ३ जनाको समूहमा रहेकाहरुले यादबमाथि अन्धाधुन्द गोली चलाएर फरार भयो।’

गोली चलाएर फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Womui
Womui