गाउँपालिका अध्यक्ष थारुको पहलमा अलपत्र सात सय यात्रुको उद्धार

100

छिनछिन खबर

बाँके(राप्तीसोनारी), वैशाख ५–

राप्तीसोनारी गाउँपालिकामा अलपत्र परेका पैदल यात्रुको शुक्रबार उद्धार गरिएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको पहलमा बाहिरी जिल्लाबाट बर्दिया, कैलाली, कञ्चनपुर जान लागेका ७ सय यात्रुलाई उद्धार गरिएको हो । बाहिर जिल्लाबाट आएका पैदल यात्रुहरुको स्वास्थ्य जाँच गरी उनीहरुको समस्या बुझेर गाउँपालिकाको सिमानासम्म पुर्‌याउने व्यवस्था मिलाइएको अध्क्षय थारुले बताए । शुक्रबार बिहान ८ बजे पाल्पा, पोखरा, काठमाडौं, नुवाकोटलगायतका जिल्लाबाट लकडाउनमै हिंडेर राप्तीसोनारी अगैयामा आइपुगेका उनीहरु सबैलाई खाजा र पानीको व्यवस्था गरेर राप्तीसोनारी गाउँपालिकाले ट्रक, गाडी र ट्याक्टरमा राखेर गाउँपालिकाको सिमाना कोहलपुरसम्म पुर्‌याएको अध्क्षय थारुले जानकारी दिए ।

अध्क्षय थारुको नेतृत्वको उद्धार टोलीमा गाउँपालिका धनीकुमार खत्री, प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारलगायतको उपस्थिति थियो । ‘यति दिन लगाएर यहाँसम्म आइपुगेपछि उहाँहरुलाई गन्तव्यसम्म पुर्‌याउनु उचित लागेर कोहलपुर नगरपालिकासँग समन्वय गरी गाउँपालिकाको सिमानासम्म पुर्‌याइएको हो,’ अध्यक्ष थारुले भने ।

Womui
Womui