अलपत्र ३ सय यात्रीलाई समशेरगन्जमा खाना

214

छिनछिन खबर

बाँके(राप्तीसोनारी), वैशाख ५-

राप्तीसोनारी ८ स्थित समशेरगन्ज बजारमा खानपिन व्यवस्था गरिएको छ । लकडाउनका कारण बेखर्ची भइ पूर्वपश्चिम राजमार्गहुँदै यात्रा गरिरहेका ३०० जनालाई खाना खुवाइएको हो ।

राप्तीसोनारी उद्याेग वाणिज्य संघको पहल, स्थानीय व्यापारी, स्थानीय, भगवती सामुदायिक वन उपभाेक्ता समूह र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसनको सहयोगमा खानाको व्यवस्था गरिएको थियो । ३ सय जनालाई खाना खुवाइएको राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टीकाराम ढुंगानाले जानकारी दिए। भोकभोकै समशेरगन्ज भएर आवतजावत गर्ने यात्रुलाई निरन्तर रुपमा सहयोग गरिने अध्यक्ष ढुंगानाले जानकारी दिए ।

हप्तौ पैदल यात्रा गरेर पूर्व पश्चिम राजमार्ग समशेरगन्ज हुँदै बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौ, पोखरा, सिञ्धुपाल्चोकलगायतका जिल्लातर्फ आउजाउ गर्नेको लर्को लाग्ने गरेको छ। धेरै गर्न नसके पनि मानवताको नाताले समस्यामा परेका उनीहरुलाई राहत दिन खानाको बन्दोबस्त गर्ने कार्यमा सहभागी हुने सबैलाई धन्यवाद दिँदै यस प्रकारको कार्यले लकडाउनको अवधिभर निरन्तरता पाउने अध्यक्ष ढुंगानाले बताए ।

Womui
Womui