समाजसेवी रगवीरको नेतृत्वमा राहत वितरण

156

छिनछिन खबर

सुर्खेत (भेरीगंगा), वैशाख ५-

युवानेता तथा समाजसेवी रगवीर मिजारको नेतृत्वमा भेरीगंगा नगरपालिका वडा नम्बर ७ मा राहत वितरण गरिएको छ । विश्वभर कोरोना भाइरस कोभिड १९ को लकडाउनमा मजदुर, गरिब र विपन्न परिवारको खाद्यान्न सकिन थालेसँगै मिजारको नेतृत्वमा  वडा नम्बर  ७ का ४० घर परिवारलाई खाद्यान्न उपलब्ध गराइएको हो ।

समाजबादी पार्टीका कर्णाली प्रदेश समितिका कोषाध्यक्ष,  युवा नेता तथा समाजसेवी रगवीर मिजारको पहल र नेतृत्वमा बिहीबार वडा नम्बर ७ मा आयोजित एक कार्यक्रमका बीच राहत  बाँडिएको छ। समाजवादी पार्टीका केन्द्रीय  सदस्य तथा  कर्णाली प्रदेश सहइन्चार्ज बलवीर नेपाली, वडाअध्यक्ष कर्णबहादुर मिजारले खाद्यान्न बाँडेका थिए । करिब एक लाख मूल्य बराबरको खाद्यान्न पहिलो चरणमा बाँडिएको युवा नेता मिजारले जाकारी दिए ।

भेरीगङा ७ का देशविदेशमा रहेका ३५ जना युवाले  स्वदेशमा रहेका विपन्न र गरिब परिवारलाई खाद्यान्न उपलब्ध गराउन एक लाख रुपैयाँ संकलन गरिपठाएका थिए । एक लाख रुपैयाँको पहिलो चरनमा  नव बिहानी टोल, बिहानी टोल र मूलपानी टोलका गरिब मज्दुर, श्रमिक, अपांग असहायलाई छनोट गरी खाद्यान्न बाँडिएको छ।  वडा न ७ का अध्यक्ष कर्णबहादुर मिजारको रोहवरमा खाद्यान्न वितरन गरियो र बाँकी टोलहरुमा केही दिनमा वितरण गरिने योजना रहेको छ। ढिलै भएपनि राहत पाएकोमा सहभागीले खुशी व्यक्त गरे ।

Womui
Womui