राप्तीसोनारी गाउँपालिकाले गर्यो अलपत्र पैदल यात्रुको उद्वार

133

बाके(कुसुम),बैशाख ४-
राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर १ कुसुममा सर्भिलेन्स तथा परामर्श केन्द्र, हेल्थ डेस्क संचालनमा ल्याएको छ । पुर्ब- पश्चिम राजमार्गमा पैदल आवत-जावत गर्ने यात्रुको स्वास्थ्य जाँच तथा उद्वार गर्न डेस्क सन्चालनमा ल्याइएको हो ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रमुख प्रसाशकीय अधिकृत दलबहादुर बस्नेत, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विस्णुप्रसाद चुडाली, देबेन्द्र केसी, गाउँपालि अध्यक्षका स्वकीय सचिव सन्तोष चौधरी सुरक्षा निकायका प्रमुख, सन्चारकर्मी लगायतको सहभागिता रहेको थियो । पैदल यात्रुको स्वास्थ्य जाँच गरी उनीहरुको समस्या बुझेर गाउँपालिकाको सिमासम्म पुर्याउने ब्यवस्था मिलाइएको अध्यक्ष थारुले बताए ।

गाउँपालिकाले ट्याक्टरको ब्यवस्था गरि राजमार्गमा अलपत्र परेका पैदल यात्रुलाई आफ्नो सिमासम्म पुर्याएको उनले जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृत बस्नेतले डेस्कमा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको जानकारी दिए ।

Womui
Womui