कुसुममा हेल्प डेस्क स्थापना

119

छिनछिन खबर
बाँके(राप्तीसोनारी), वैशाख ४-

राजमार्ग भएर आवतजावत गर्ने यात्रु, चालक र प‌ैदलयात्रुका लागि हेल्प डेस्क संचालनमा ल्याइएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी–१ कुसुममा राप्तीसोनारी गाउँपालिकाले हेल्प डेस्क संचालनमा ल्याएको हो ।
राजमार्गबाट आवतजावत गर्ने यात्रुहरूको कोरोना र सम्भावित लक्षणहरु चेकजाँच गर्न सर्भिलेन्स तथा परामर्श केन्द्र हेल्पडेस्क सचालनमा आएको हो । बिहीबार राप्तीसोनारी गाउपालिका अध्यक्ष लाहुराम थारुले कुसुमबजारस्थित राजमार्गमा हेल्प डेस्कको उद्घाटन गरे । राप्तीसोनारी गाभरबाट दाङ अमिलिया जाद‌ै गरेका गजेन्द्र खत्रीको स्वास्थ्य चेकजाँच गर्दै डेस्क सचालनमा आएको हो । डेल्पडेस्कले राजमार्गमा आवतजावत गर्ने यात्रुहरूको कोरोना लक्षण र सम्भावित जोखिमको चेकजाँच गरिने अध्यक्ष थारुले बताए । दैनिक दुई सिफ्टमा २/२ जना स्वास्थ्य कर्मचारी हेल्पडेस्कमा बस्ने व्यवस्था गरिएको उनले बताए ।
हेल्पडेस्कमा पैदलयात्रुका लागि पानी, सामान्य औषधी र राप्तीसोनारीको सीमासम्म छोड्ने गाडीको व्यवस्था गरिएको उनले जानकारी दिए । राजमार्गमा हेल्पडेस्क राखेपछि यात्रुहरुका लागि राहत पुग्ने भएको छ। कोरोनाको लक्षण भेटिए क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ। उद्घाटन कार्यक्रममा कार्यकारी अधिकृत दलबहादुर बस्नेत, स्वास्थ्य इन्चार्ज विष्णु चुँडाली, स्वास्थ्यकर्मी देवेन्द्र पौडेल, लेखापाल कृष्ण रोकाय, कुसुम प्रहरी चौकीका सई लक्ष्मण डाङ्गी, सशस्त्र प्रहरी निरीक्षक भूपबहादुर राना, पत्रकार लगायतको सहभागिता रहेको थियोे ।

Womui
Womui