छिनछिन खबर
नेपालगन्ज, वैशाख ४–
क्वारेन्टाइनमा विगत १५ दिनदेखि बस्दै आएकाहरु घर जान नपाएपछि आक्रोशित हुँदै गाडीमा तोडफोड गरेका छन् । क्वारेन्टाइनमा रहेका १८१ जनालाई १५ दिन क्वारेन्टाइनमा राखेर कोरोना संक्रमणको नतिजा नेगेटिभ आएपछि नेपालगन्ज उपमहानगरपालिकाले ६ वटा गाडीमा घर फिर्ता पठाउन लागेको थियो । तर उनीहरुलाई गाडीमा बसाइसकेपछि गृहमन्त्रालयको आदेश भन्दै घर फर्कन रोक लगाएपछि उनीहरु आक्रोशमा आएर गाडीमा तोडफोड गरेका हुन् ।