राप्तीसोनारी ६ मा राहत सामाग्री धमाधम वितरण

101

बाके(राप्तीसोनारी), बैशाख ३-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ ले प्रत्येक घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । वडाअध्यक्ष जनकबहादुर थारुका अनुसार वडाबासीलाई नुन, तेल, साबुन तथा अतिगरिब तथा विपन्न परिवारलाई चामल, नुन, तेलसहितको प्याकेज वितरण गरेको हो ।

अहिलेसम्म ३ सय २७ घर परिवारलाई राहत सामाग्री वितरण गरिसकेको वडाअध्यक्ष थारुले जानकारी दिए । “पीडित घर परिवारलाई घरमै पुगेर राहत दिइरहेका छौ,” उहाले भन्नू भयो । वडाले ट्याक्टरमार्फत राहत सामाग्री राखेर घर घरमा पुर्याएको थारुले बताए । लकडाउनका कारण वडाभित्र कोही भोकै भए आफुलाई फोन गर्न आग्रह गरिएको वडाअध्यक्ष थारुले बताए ।

Womui
Womui