फत्तेपुर क्वारेन्टाइनमा बसेका १० जनाको रिपोर्ट नेगेटिभ

93

बाके(फत्तेपुर), बैशाख ३-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ बाकेस्थित नेरा माध्यमिक बिद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका १० जनाको कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

स्वास्थ्यकर्मीले बुधबार र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना जाँच गर्दा कोरोना भाइरस रिपोर्ट नेगेटिभ देखिएको हो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ र ७ लाई समेट्ने गरि उक्त बिद्यालयमा गाउँपालिकाले क्वारेन्टाइन स्थापना गरेको थियो । क्वारेन्टाइन स्थापना भएपछि भारतबाट आएका ९ जना र गाउँमै रहेका १ जना बस्दै आएका थिए ।

क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि उनीहरुको आरडिटी किटबाट जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । रिपोर्ट नेगेटिभ आएपछि अध्यक्ष थारुले उनीहरुलाई घरमै सुरक्षा साबधानी अपनाएर बस्न सुझाव दिए ।

सो क्रममा गाउँपालिका अध्यक्ष थारु, उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ६ का वडा अध्यक्ष जनकबहादुर थारु, वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारु, राजनितिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी लगायतको सहभागिता रहेको थियोे ।

Womui
Womui