लकडाउनको पूर्ण रुपमा पालना गरौः राप्रपा अध्यक्ष वली

141

छिनछिन खबर

बाँके (राप्तीसोनारी), वैशाख २–

राष्ट्रिय प्रजातन्त्र पाटी राप्तीसोनारी गाउँपालिकाका अध्क्षय भूपेन्द्र बहादुर वलीले सरकारले गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न अपिल गरेका छन्। कोरोना भाइरस कोभिड१९ को महामारी विश्वभर फैलिएको भन्दै अध्यक्ष वलीले राप्ती सोनारी गाउँपालिकाबासीलाई लकडाउनको पूर्ण रुपमा पालना गर्न अपिल गरेका हुन् । देशका विभिन्न जिल्ला र छिमेकी भारतमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै लकडाउनको पालना गरी सचेत रहन अपिल गरेका छन् । अध्यक्ष वलीले सामाजिक सञ्जाल र विज्ञप्ति जारी गर्दै गाउँपालिकाबासीमा कोरोनाबाट सचेत रहन अनुरोध गरेका हुन् । सरकारले जारी गरेको लकडाउन नै कोरोनाकाट बच्ने र बचाउने उपाय भएको वलीको भनाइ छ । यो समयमा नियमित साबुन पानीले हातखुट्टा धुन र होम क्वारेन्टाइमा बस्नसमेत उनले अपिल गरेका छन् ।

Womui
Womui