‘चुल्हो बलेन’ नआत्तिनूस्, घरमै राहत ल्याउँछौः वडाध्यक्ष जनक

172

छिनछिन खबर

बाँके(राप्तीसोनारी),वैशाख २–

खाद्यान्न अभावले घरमा चुल्हो बलेको छैन भने नआत्तिन वडाध्यक्ष जनकबहादुर थारुले आग्रह गरेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्वर ६ का वडाअध्यक्ष थारुले वडावासीको घरमा चुल्हो नबलेको खबर पाएको आधा घण्टामै आवश्यक राहत सामग्रीसहित आफैं पुग्ने बताउँदै वडावासीलाई नआत्तिन आग्रह गरेका हुन् ।

कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनबाट बढी प्रभावित दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवार रहेकाले उनीहरुलाई केही समस्या परे तत्काल फोन गर्न आग्रह गरेका छन् । मंगलबार वडा नं. ६ मा क्विक रेस्पोन्स टिमले धमाधम राहत वितरण सुरु गरेको जानकारी दिँदै वडाध्यक्ष थारुले अति विपन्न तथा असहाय परिवार लकडाउनको मारमा परेको बताए । उनीहरुको दुःखमा सहभागी हुन उनले त्यस्ता वडावासीबाट जुनसुकै बेला आवश्यक राहत सामग्रीका लागि खबर गर्न आग्रह गरेको छन् ।

वडा कार्यालयले वडा स्तरीय कोभिड १९ कोरना रोकथाम समन्वय समितिको सिफारिसमा वडाका दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका अति विपन्न तथा असाहय परिवारलाई राहत वितरण गरिँदै आएको छ।   यस अघि थारुले वडाबासीलाई कोरोना भाइरसबाट बचाउन उनीहरुको घरदैलोमै पुगेर माक्स र साबुन वितरण गरेका थिए ।

Womui
Womui