लकडाउन पालना गर्न कांग्रेस सचिवको अपिल

90

छिनछिन खबर

बाँके (राप्तीसोनारी),  वैशाख १–

नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिकाका सचिव तुलाराम खत्रीले सरकारले गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न अपिल गरेका छन् । कोरोना भाईरस कोभिड–१९ को महामारी विश्वभर फैलिएको भन्दै सचिव खत्रीले राप्ती सोनारी गाउँपालिबासीलाई लकडाउनको पूर्ण पालना गर्न अपिल गरेका हुन् ।

देशका विभिन्न जिल्ला र छिमेकी भारतमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै लकडाउनको पालना गरी सचेत रहन अपिल गरेका हुन् । सचिव खत्रीले सोमबार सामाजिक सञ्जाल र विज्ञप्ति जारी गर्दै गाउँपालिकावासीमा कोरोनाबाट सचेत रहन अनुरोध गरेका हुन् । सरकारले जारी गरेको लकडाउन नै कोरोनाकाट बच्ने र बचाउने उपाय भएको खत्रीको भनाइ छ । लकडाउन पालना गरी सभ्य र शिक्षित नागरिकको उदाहरण दिन उनले अपिल गरेका छन् । यो समयमा नियमित साबुन पानीले हातखुट्टा धुन र घरभित्रै बस्नसमेत उनले अपिल गरेका छन् । साथै सरकारले गरेको लकडाउका कारण प्रभावित दैनिक ज्याला मजदुरी विपन्न, गरिब तथा असहाय घरपरिवारलाई गाउँपालिकाले एकद्वार प्रणालीबाट वितरण भइरहेको राहत कार्यको प्रशंसनीय भएको र थप प्रभावकारी बनाउन सम्पूर्ण संयन्त्र अपनाउन सचिव खत्रीले अपिल गरेका छन् ।

Womui
Womui