सुरु भयो राप्तीसोनारी वडा नम्बर ९ मा राहत वितरण

55

छिनछिन खबर

बाँके (राप्तीसोनारी), वैशाख १–

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीमा क्विक रेस्पोन्स टिमले धमाधम राहत वितरण सुरु गरेको छ । कोरोना भाइरसको कोभिड १९ को सरकारले गरेको लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गर्ने तथा विपन्न घरपरिवारको घरमा क्विक रेस्पोन्स टिमले घरघरमै पुगेर आइतबारदेखि राहत वितरण सुरु गरेको वडा अध्क्षय महावीर वलीले बताए ।

वडा स्तरीय कोभिड १९ कोरना रोकथाम समन्वय समितिको सिफारिसमा वडाका घरपरिवारको आवश्यकता अनुसार दैनिक ज्याला मजदुरी र अति विपन्न तथा असाहय परिवारलाई राहत वितरण गरिएको छ । वडा कार्यालयले घरदैलोमार्फत लकडाउनमा दैनिक ज्याला मजदुरी गर्ने तथा विपन्नको घरमा पुगी पीडिलाई राहत वितरण गरेको गाउँपालिकाका कार्यपालिका सदस्य मिना विष्टले जानकारी दिइन् । राहत वितरणमा अध्यक्ष वलीसहित, जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि, प्रहरी, रेडक्रस प्रतिनिधिलगायतको उपस्थिति रहेको छ ।

Womui
Womui