राहत बाँड्न जनप्रतिनिधि अति विपन्न परिवारको घरदैलोमा

147

बाँके(राप्तीसोनारी), चैत ३०-
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ ले पीडितको घरदैलोमै पुगेर राहत वितरण गर्न थालेको छ । उक्त वडाले आइतबार बालापुर र नयाँगाउँका ११ घर परिवारलाई राहत वितरण गरेको हो । गाउँपालिकाले दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारका लागि शनिबारबाट राहत वितरणको काम सुरु गरेको थियो ।

सोही अनुसार वडा कार्यालयले घरदैलो मार्फत आइतबार बालापुर र नयाँगाउँका लकडाउन पीडिलाई राहत बाँडेको हो । राहत सामाग्री घरदैलोमै पाएपछि पीडित परिवार खुसी भएका छन् । सो क्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेत, प्रहरी, रेडक्रसका प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । पीडित परिवार संख्याको आधारमा चामल, दाल, तेल, नुन लगायत सामाग्री वितरण गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष बस्नेतले जानकारी दिए ।

Womui
Womui