नरैनापुरका क्वारेन्टाइनमा बसेका एक सय ३४ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

64

नरैनापुर(बाँके), चैत ३०-
बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा बसेका सबै १ सय ३४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गाउँपालिकाको वडा नम्बर ६ भोजभगवानपुरस्थित जय किसान माविमा बनाइएको क्वारेन्टाइनमा भारतबाट आएर बसेका सबै १ सय ३४ जनाको र्या्पिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना परिक्षण गर्दा नेगेटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।

कसैमा पनि कोरोना नदेखिएपछि उनीहरुलाई घर पठाइएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । “उनीहरु १५ दिन क्वारेन्टाइनमा बसेर घर गएका छन्, अब ७ दिन घरमै छुट्टै क्वारेन्टाइनमा बस्ने शर्तमा घर पठाइएको हो,“ अध्यक्ष शाहले भने, “ज्वरो आए वा खोकी लागे सम्पर्क गर्न भनेका छौं ।“ जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, जनस्वास्थ्य अधिकृत अगंत बहादुर शाही, कोरोना फोकल पेर्सन नरेश श्रेष्ठसहित पुगेको प्राविधिक टिमले आरडिटीबाट कोरोना परिक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिए ।

कोरोना फोकल पर्सन श्रेष्ठले जिल्लाभरका लागि अहिले ५ सय थान किट आएकाले पहिलो चरणमा क्वारेन्टाइमा बसेकाको मात्र आरडिटी परिक्षण गरिने बताए । उनीहरुले क्वारेन्टाइनमा बस्दा प्रयोग गरेको म्याट, च्यादर, तन्ना र झुल पनि उनीहरुलाई नै दिइएको गाउँपालिका अध्यक्ष शाहले बताए । क्वारेन्टाइमा बसेका सबै नरैनापुरको वडा नम्बर ५ र ६ का स्थानीय हुन् ।

Womui
Womui