नेकपाका युवा नेता खडकाद्वारा मजदुरको उद्धार

87

छिनछिन खबर

राप्तीसोनारी(बाँके), चैत ३०–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राप्तीसोनारी गाउँपालिका सदस्य तथा राष्ट्रिय युवा संघ बाँकेका नेता शेरबहादुर खडका ‘सुजल’ ले १० जनाको समूहमा रहेका मजदुरको उद्धार गरेका छन् । सुर्खेतबाट पैदलै हिँडेर सुनसरी जान लागेका मजदुरहरुको उद्धार युवानेता खडकाले गरेका हुन् ।

सुर्खेतदेखि पैदल हिँडेर बाँकेको शम्शेरगन्ज आइपुगेका उनीहरुलाई गाडीमार्फत गन्तव्यसम्म पुर्‌याउन सहयोग गरेको खड्काले बताए । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सम्शेरगजका प्रमुख डिएस्पी हर्कबहादुर शाहीलाई अनुरोध गरेर १० जना मजदुरलाई गन्तव्यसम्म पुर्‌याउने व्यवस्था मिलाइएको खड्काले बताए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनासँगै लागु गरिएको लकडाउनका कारण पैदलै हिँडेरै घर जान लागेका मजदुरहरुलाई चाउचाउ, बिस्कुट, पानी तथा मास्क दिएर बिदाइ गरिएको खड्काले जानकारी दिए ।

Womui
Womui