राप्तीसोनारीका लकडाउन प्रभावितलाई घरदैलोमै राहत

120

पुर्णकला खत्री
(राप्तीसोनारी), चैत ३०-

राप्तीसोनारीका विभिन्न वडामा राहत वितरणको काम धमाधम सुरु गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा उपाध्यक्ष धनीकुमारी खत्री, वडा अध्यक्ष खुमबहादुर बस्नेत, स्थानीय प्रहरी, रेडक्रसका प्रतिनिधी लगायतको टोली घर घरमा पुगेर राहत बाँडेको हो । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने परिवार समस्यामा परेपछि गाउँपालिकाले राहत वितरणको काम सुरु गरेको हो ।


उक्त टोलीले नागरिकको नयाँबस्ती र बालापुर गाउँको घर घरमा पुगेर राहत बाँडेको वडा नम्बर ८ का वडा अध्यक्ष बस्नेतले जानकारी दिए । यस्तै राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ को अगैया लगायत स्थानमा पनि राहत वितरण गरेको छ । वडा नम्बर २ का वडा अध्यक्ष मदनकुमार ओली, वडा सदस्य कमारो केसी लगायत टोलीले राहत वितरण गर्नु भएको हो । वडा नम्बर २ का १ सय २० घर परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष ओलीले जानकारी दिए ।

Womui
Womui