उपमहानगरपालिकाको निःशुल्क भण्डारा स्थगित

424

छिनछिन खबर
नेपालगन्ज, चैत ३०–

नेपालगन्जमा निःशुल्क संचालन गरिने भनिएको भण्डार कार्यक्रम स्थगित भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्र भन्दा बाहिरबाट आएर बसोबास गरिरहेका गरिव तथा विपन्न ब्यक्तिलाई लक्षित गरी सोमबारदेखि निःशुल्क भण्डारा सञ्चालन गर्ने जनाएको थियो । उपमहानगरपालिका कार्यपालिकाको बैठकले लकडाउनका कारण समस्यामा परेका नेपालगन्जमा भाडामा बसोबास गरिरहेका ज्यालादार मजदुर, बिद्यार्थी लगायत अन्य विपन्न परिवारलाई दैनिक रुपमा साँझ बिहान गरी दुईपटक निःशुल्क खाना खुवाउनका लागि नगरका ५ स्थानमा भण्डारा सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रहरी प्रशासनले सुरक्षामा प्रश्न उठाएपछि नगरका विभिन्न ठाउँमा संचालन गरिने भनिएको निःशुल्क भण्डारा स्थगित भएको हो ।

नेपालगन्जको हडियाबाबा मन्दिर परिसर, बागेश्वरी मन्दिर पार्क, रामलिला मैदान, आदर्श माध्यामिक बिद्यालय राँझा र शिक्षण अस्पताल पछाडीको आँप बगियामा निःशुल्क भण्डारा सञ्चालन गरिने उपमहानगरपालिकाको योजना थियो ।

भण्डारा  संचालन नगरेपनि विपन्नलाई राहत बाँड्ने उपमहानगरपालिकाले बताएको छ । राहत कसरी बाँड्ने विषयमा नगरपालिकाको आकस्मिक बोर्ड बैठकले निर्णय गर्ने नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए।

Womui
Womui