जनकपुरमा नाङ्गो जुलुस, विराटनगरको जनजीवन कष्टकर

112


छिनछिन खबर

जनकपुर, भदौ १३

विराटनगरमा निकालिएको अर्धनग्न जुलुस ।

विराटनगरमा निकालिएको अर्धनग्न जुलुस ।

मधेसी अधिकार संघर्क्ष समिति (मास) सम्बद्ध युवाले आइतबार अर्धनग्न जुलुस निकालेका छन् । जनकचोकबाट सुरु भएको उक्त जुलुस जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । बन्द सफल बनाउन आन्दोलनरत पक्षले बिहानैदेखि जुलुस प्रदर्शन गरेका थिए । जिल्लामा फाट्टफुट्ट खुलेका पसल पनि बन्द गराइएको थियो भने चलेका ट्याक्टर, एक निजी वित्तीय संस्थामा तोडफोड गरेका थिए ।

विराटनगरमा पनि

यसैबीच विराटनगरमा पनि आन्दोलनरत पक्षले नाङ्गो जुलुस निकालेका थिए । उनीहरुले नाङ्गो रहेको कम्मरदेखि माथि को भागमा जय मधेस लेखेर जुलुस निकालेका थिए । बन्दका कारण अहिले यहाँको जीवन कष्टकर बन्दै गइरहेको छ ।

सबै बजार पूर्णरुपमा बन्द छन् । लामो तथा छोटो दूरीका गाडी चलेका छैनन् भने आन्दोलनरत पक्षले ठाउँठाउँमा कोण सभा गरीरहेको छन् । एकाध रुपमा मोटरसाइकल चले पनि दैनिक उपभोग्य सामान किनमेल गर्न नपाउँदा यहाँको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।

विराटनगरमा निकालिएको अर्धनग्न जुलुस ।
विराटनगरमा निकालिएको अर्धनग्न जुलुस ।
विराटनगरमा निकालिएको अर्धनग्न जुलुस ।
विराटनगरमा निकालिएको अर्धनग्न जुलुस । तस्बिरहरुः भोजराज घिमिरे/विराटनगर
Womui
Womui