पूर्वका ९ जिल्ला बन्द

43
छिनछिन खबर
भद्रपुर, भदौ १४
पूर्वी नेपालको  झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, फिदिम, भोजपुर लिम्बुवान राज्य हुनु पर्ने माग राख्दै सङ्घीय लिम्बुवान पार्टीले आज आह्वानमा गरिएको आमहडतालका कारण झापा तथा मेची अञ्चलभर यातायात ठप्प भएको छ ।   लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन् भने बजार फाटफुट खुलेका छन् । शैक्षिक संस्था, औद्योगिक प्रतिष्ठान पूर्ण रुपले बन्द छन् । बन्दका कारण अप्रिय घटना घट्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरी सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनायो ।
Womui
Womui