तोडफोड गर्ने मोर्चाका ५ कार्यकर्ता पक्राउ

112

छिनछिन खबर
सिरहा, भदौ १३

चार प्रमुख दलले गरेको प्रदेशको सीमाङकनविरुद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकताले गरेको अनिश्चितकालीन बन्दका क्रममा खुलेका पसल र सरकारी कार्यालय तोडफोड गर्ने मधेसी मोर्चाका ५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । भूसंरक्षण कार्यालय लहान र सोनी मेडिकलमा तोडफोड गरेपछि उनीहरुलाई प्रकाउ गरेको इलाका प्रहरी कार्यालय लहानले जनायो । सिरहाको लहानबाट तोडफोड आरोपमा आइतबार पक्राउ पर्नेमा  दिनेश महतो, रामउदगार यादव, मोर्चाका सिरहा संयोजक कृष्णबहादुर यादवलगायतका छन्। नेपाल र सशस्त्र प्रहरीले पक्राउ परेकाहरूलाई निर्घात कुटपिट गरेको प्रत्यक्षदर्शीहरूले बताए । पक्राउ परेकाहरुलाई अहिले ईलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको छ। बन्दको आज १५ औं दिन सिरहाको शैक्षिक संस्था, उद्योग, बजार, यातायात, सरकारी कार्यालयहरु पूर्ण रुपमा ठप्प रहेको छ।

Womui
Womui