बन्दका कारण २५ करोड राजस्व असुली प्रभावित

32

भोजराज घिमिरे
विराटनगर, भदौ १३

संयुक्त मधेसी मोर्चाले आव्हान गरेको बन्दका कारण करिब २५ करोड राजस्व असुली प्रभावित भएको विराटनगर भन्सार कार्यलयले जनाएको छ । विराटनगर भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेतका अनुसार बन्दले भारतलगायत तेस्रो मुलुकबाट आयात हुने बस्तु तथा सामग्री कम आयात भएको र आयात भएका कच्च्चा पदार्थ गन्तव्यसम्म पु¥याउँदा ३२ करोडमात्र राजस्व असुली भएको हो । भन्सार प्रमुख बस्नेतका अनुसार भदौ १ देखि आजसम्म ५७ करोड राजस्व असुली हनुपर्ने हो तर बन्दले जिल्ला बाहिर जाने सवारी साधन भन्सार कार्यलयमै थन्किएकाले भारतलगायत तेस्रो मुलुकबाट सवारी साधन कम आएको कारण यो महिना लक्ष्य अनुसारको राजस्व असुली नहुने विराटनगर भन्सार कार्यलयले जनायो ।

Womui
Womui