७० जनाको रिपोर्ट नेगेटिभ देखियो बाँकेमा

50

नेपालगन्ज, चैत २९

कोरोना परीक्षणका लागि संकलन गरिएका ७० जनाको सबै रिपोर्ट नेगेटिभ आएको छ । उक्त नमुना बाँके जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेकाबाट संकलन गरिएको थियो । बाँके जिल्ला स्वास्थ्य कार्यालय कोराेना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाहिरी देशबाट आएका र शंका लागेका व्यक्तिको चैत २३ गतेसम्म संकलन गरिएका सबैको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पस, भेरी अस्पताल, नेपालगन्ज शिक्षण अस्पताल मेडिकल कलेज नेपालगन्ज तथा कोहलपुर, आर्मी अस्पताल  र दशगजा क्षेत्रमा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको परीक्षण गरिएको फोकल पर्सन श्रेष्ठले बताए ।

बाँकेका ८ स्थानीय तहमा रहेका १७ वटा क्वारेन्टाइमा हाल ४ सय ८९ जना बसेका छन् । उनीहरुको पनि र्‍यापिड डायग्नोष्टिक टेष्ट(आरडिटी) बाट परीक्षण थालिएको छ । जसका लागि जिल्लामा ५ सय थान किट आएको छ ।

Womui
Womui