अनाथ, असहायलाई उपमेयर थापाको राहत

141

नेपालगन्ज, चैत २९-

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले अनाथ तथा असहाय बालबालिकालाई राहत सामाग्री उपलब्ध गराएकी छन् । समाजिक विकास तथा प्रर्बद्धन केन्द्र बाँकेले सञ्चालन गरेको अनाथ असहाय तथा सडक बालबालिका संरक्षण गृहमा शनिबार पुगेर उक्त राहत प्रदान गरेकी हुन् ।

उपमहानगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालको अनुरोधमा उपप्रमुख थापाले आफ्नो ब्यक्तिगत लगानीमा करिव १२ हजार नगद बराबरको ७५ किलो मसिनो चामल, एक पेटी सनफ्लावर तेल, २० किलो पिठो, २० किलो आलु, १० किलो अरहरको दाल, ७ पोका नुन, १ प्याकेट धुलो मसला, लगायत समाग्री उपलब्ध प्रदान गरेकी थिईन् । उक्त राहत समाग्री उपलब्ध गराउन उपप्रमुख थापासँगै वडा नम्बर १ का वडा अध्यक्ष रिजाल, वडा सदस्य जगमोहन काँदु, समाजसेवी बालकृष्ण सुवेदी लगायत पुगेका थिए ।

Womui
Womui