बहराइनमा थप १० जना नेपालीमा कोरोना संक्रमण, संक्रमित नेपालीको संख्या २२ पुग्यो

66

छिनछिन खबर
काठमाडौं–बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ । बहराइनस्थित नेपाली राजदूताबासले बिज्ञप्ति जारी गरी थप १० जनामा संक्रमण देखिएको जनाएको छ । कोरोना संक्रमित नेपालीहरुको संख्या २२ पुगेको त्यहाँस्थित नेपाली राजदूताबासले जनाएको छ ।

यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो । दूतावासका अनुसार हालसम्म बहराइनमा कूल संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर छ । ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । यस्तै बहराइनले ७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको पनि बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

Womui
Womui