१५८ को स्वाब संकलन

117

छिनछिन खबर
अछाम, चैत २६–


अछाममा एकै दिनमा १५८ जनाको स्वाब संकलन गरिएको छ । मंगलसेनस्थित क्वारेन्टाइनमा ५१ पुरुष, १३ महिला, जिल्ला अस्पतालमा ४९ पुरुष, ४ महिला र वयलपाटा अस्पतालमा ४५ पुरुष, ६ महिलाको स्वाब संकलन गरिएको हो ।
स्वास्थ्य मन्त्रालयले खटाएको टोलीले सदरमुकाम मंगलसेनका दुई स्थान र वयलपाटाका अस्पतालबाट आइसोलेशन र क्वारेन्टाइनमा राखिएका, होम क्वारेन्टाइनमा बसेका र कोरोना भाइरससँग मिल्दो लक्षण भएका, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाब संकलन गरेको छ ।
संकलित स्वाब मंगलबार नै काठमाण्डौं लगेर पिसिआर विधिबाट परीक्षण गरी नतिजा निकाल्ने अछाम अस्पतालका मेडिकल अधिकृत डाक्टर अतुल भारद्वाजले बताए । कमलबजारमा स्वाब संकलन गर्न नाम दर्ता गरिएका ६० जनाको के गर्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

Womui
Womui