भाटभटेनीले गर्‌यो २५ लाख रुपैयाँ सहयाेग

122

छिनछिन खबर

नेपालगन्ज, चैत २६–


कोरोना भाइरसविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्न यस अघि संघीय सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको भाटभटेनी सुपरमार्केटले प्रदेश नं. ५ प्रदेश सरकारलाई पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रदेश सरकारले स्थापना गरेको कोषमा बुधबार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भाटभटेनीकातर्फबाट व्यवस्थापक बिनोद भट्टराईले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले प्राप्त सहयोगले कोरोना संक्रमणकाविरुद्ध सरकारले चालेको अभियान सफल बनाउन थप हौसला प्रदान गरेको बताए । प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोष निर्माण गरेर सहयोग जुटाइरहेको छ ।
सोही अवसरमा भाटभटेनीले देशमा गएको महाभूकम्पका समयमा झै आफ्ना ग्राहकहरुका लागि यस संक्रमणका बेला उपभोग्य सामग्रीको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । भाटभेटनीले आगामी १० महिनाको लागि सम्पूर्ण प्रकारका खाद्यान्न उपलब्ध रहेको बताएको छ ।

Womui
Womui