इरानमा कोरोना निकै हुने भन्दै कडा मदिरा पिउने ६०० बढीको मृत्यु

111

एजेन्सी

इरान, चैत २६–

इरानमा कोरोनाभाइरस ठीक पार्ने भन्दै कडा मदिरा पिउने ६०० भन्दा बढीको मृत्यु भएको छ भने हजारौं जनालाई विष लागेर बिरामी परेका छन् । ६०० भन्दा बढीको मृत्यु भएको र लगभग तीन हजारजना अस्पतालमा रहेको इरानी न्यायपालिकाका प्रवक्ता गोलाम होसेन इस्माइलीले बताए ।

‘यो डरलाग्दो संख्या हो र हाम्रो अपेक्षाभन्दा परको कुरा हो,’ इस्माइलीले बताए । ‘अल्कोहल पिउनु कुनै उपचार हैन, उल्टो यसले ज्यान लिन सक्छ ।’ सरकारी समाचार संस्था तस्निम न्युज एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘हामीले थुप्रजनालाई पक्राउ गरेका छौं र उनीहरूमाथि निर्णायक कारवाही गरिनेछ ।’

‘उनीहरूलाई अपराधी काम गरेको अनि नागरिकहरूको मृत्यु र क्षति गराएकोमा जवाफदेही बनाइनेछ ।’अहिलेसम्म कोरोनाभाइरसको औषधि पत्ता लागिसकेको छैन र लक्षणहरूलाई कम गराउने सीमित औषधिहरू मात्र छन् ।

इरान पनि कोरोनाभाइरसबाट बढी आक्रान्त मुलुकमध्ये एक हो । त्यहाँ ३८ सय ७२ जनाको मृत्यु कोरोनाकै कारण भइसकेको छ ।

Womui
Womui