समस्यामा परेका व्यक्तिका लागि गोरखा स्कुलद्वारा एक लाख रुपैयाँ सहयोग

23

छिनछिन खबर
कोहलपुर, चैत २६


कोरोना भाइरस रोकथाम तथा पूर्व तयारीका लागि कोहलपुर नगरपालिकाले स्थापना गरेको विपद् तथा राहत कोषमा गोरखा युनाइटेड पब्लिक स्कुलले एक लाख रुपैयाँ सहयोग गरेको छ । स्कुलमा कार्यरत शिक्षक/कर्मचारीहरुको १ दिन बराबरको हुने रकम र स्कुलको तर्फबाट उक्त रकम सहयोग गरिएको हो ।
कोहलपुर नगरपालिकाको एक औपचारिक कार्यक्रममा बुधबार स्कुलका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर गुरुङले कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक गुरुङले भने,‘हाम्रो स्कुलले गरेको सानो सहयोगले विपन्न वर्ग तथा निम्न वर्गीय परिवारलाई अवश्य पनि राहत पुर्‌याउने आशा लिएका छौं ।’ गुरुङका अनुसार शिक्षक, कर्मचारी तथा विद्यालयकोतर्फबाट कोहलपुर नगरपालिकाको विपद् कोषमा एक लाख रुपैयाँ जम्मा गरिएको हो ।
विश्वव्यापी रूपमा महामारीको रूप लिइरहेको नोबेल कोराना भाइरस (कोविड–१९) को प्रकोपबाट कोहलपुर नगरपालिकाभित्रका नागरवासीहरु प्रभावित नहुन भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको स्कुलका प्रशासन प्रमुख कर्ण बस्नेतले बताए । उनले भने,‘ कोरोना भाइरस संक्रमण हुन नदिन सरकारद्वारा लागु गरिएको लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुको सहयोगार्थ स्कुलले आर्थिक सहयोग गरेको हो । यस्तो जटिल परिस्थितिमा आ–आफ्नो ठाउँबाट सक्दो सहयोग सबैले गर्न आवश्यक छ ।’

Womui
Womui