१५ शैयाको क्वारेन्टाइन निर्माण गर्दै वडा नम्बर ५

165

तारा वली

राप्तीसोनारी, चैत २६

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ बिनौनामा रहेको भुवरभवानी माध्यामिका विद्यालयमा १५ शैयाको क्वारेन्टाइन बनाइने निर्णय भएको छ । वडा नं. ५ कार्यालयले भुवर भवानी माध्यमिक विद्यालयमा १५ शैयाको क्वारेन्टाइन बनाइने निर्णय गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमणको पूर्वतयारीका रुपमा भुवर भवानी माध्यामिक विद्यालयलाई क्वारेन्टाइन केन्द्र बनाइने राप्तीसोनारी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष झगरु थारुले बताए । उनले क्वारेन्टाइनका लागि विद्यालयलाई प्रयोग गर्ने तयारी भइरहेको जानकारी दिए ।

कोरोना भाइरस संक्रमित भएका स्थानहरुबाट आएकालाई तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन तयारी भइरहेको अध्यक्ष थारुले बताए । अहिलेलाई १५ शैयाको क्वारेन्टाइन बनाउने तयारी गरिएको जानकारी दिँदै आवश्यकता अनुसार शैया थप गरिने अध्यक्ष थारुले बताए । ‘आइसोलेसनको लागि सम्पूर्ण तयारी भइरहेको छ आवश्यक सामाग्री खरिद प्रक्रिया समेत सुरु भइसकेको छ,’ अध्यक्ष थारुले भने,‘ ५ वडामा भारत र विदेशबाट फर्किएका कोहि पनि व्यक्ति कोरोना संक्रमित भेटिएमा क्वारेन्टाइनमा राख्ने तयारीमा छौं । आइसोलेसनको लागि तयारी आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गाउँपालिकाले गर्ने छ ।’

बुधबारभित्र क्वारेन्टाइन केन्द्र तयार हुने अध्क्षय थारुले जानकारी दिए । अहिले वडा नं. ५ मा स्वास्थ्य सरसफाइ तथा जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ गरिनुका साथै माक्स वितरण गरिएको अध्यक्ष थारुले बताए ।

Womui
Womui