युवा ब्यवसायी ओलीद्धारा नगरपालिका र गाउँपालिकालाई सहयोग

95

बर्दिया, चैत २५-
कोरोना भाइरसको महामारीबाट जुध्न बर्दियाका एक युवा ब्यवसायीले नगरपालिका र गाउँपालिकालाई सहयोग गरेका छन् । बर्दिया डिष्टिलरीका सञ्चालक एवम् युवा ब्यवसायी नरबहादुर ओलीले मंगलबार नगद तथा जिन्सी सहयोग गरेका हुन् । उनले बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकालाई एक एक लाखको चेक तथा तीन तीन पेटी हातधुने साबुन प्रदान गरेका हुन् । बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारी र बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठलाई उनले नगद र साबुन हस्तान्तरण गरेका थिए ।

Womui
Womui