राप्तीसोनारीका क्वारेन्टाइनको अनुगमन

100

छिनछिन खबर

राप्तीसोनारी, चैत २५–

बाँके राप्तीसोनारी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनको अनुगमन गरिएको छ । मंगलवार जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइन अनुगमन गरेका हुन् । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु , उपाध्क्षय धनी कुमारी खत्री, जिल्ला स्वास्थ्यका प्रमुख हिरजङ्ग शाह , अधिकृत अगंद बहादुर शाही, नरेश श्रेष्ठ, वडा अध्क्षय खुम बहादुर बस्नेत राप्तीसोनारी स्वास्थ्य शाखा प्रमुख विष्णु प्रसाद चुडालीलगायतले वडा नं. ३ मा स्थित सामुदायिक आश्रय भवनमा रहेको क्वारेन्टाइन र वडा नं. ८ मा रहेको शिवशक्ति मा. वि रहेको क्वारेन्टाइन र त्यहाँ बसिरहेका व्यक्तिहरुको अवस्थाबारे अनुगमन गरिएको हो ।

अनुगमनमा राप्तीसोनारी गाउँपालिका अध्क्षय लाहुराम थारुले (कोभिड–१९) कोरोना भाइरस नेपालमा पनि दोस्रो चरणमा प्रवेश गरिसकेकाले अझैं सजकताका साथ क्वारेन्टाइनमा तोकिएको मापदण्ड अनुसार बसी सहयोग गर्न आग्रह गरे । नियमित स्वास्थ्य जाँच, अत्यावश्यक सामग्रीको उपलब्धता र सरसफाइमा विशेष ध्यान दिन अध्यक्ष थारुले निर्देशनसमेत दिएका छन । उनले राप्तीसोनारी गाउँपालिका कोरोनाविरुद्धको अभियानमा कडा प्रतिरोधमा उत्रिएको सरकारले गरेको लकडाउनको पूर्णपालन गर्न गाउँबासीलाई आग्रह गरे । अहिले राप्तीसोनारीमा ४४ शैयाको ३ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । राप्तीसोनारीका वडा नं. ३ र ८ मा २ वटा क्वारेन्टाइनमा १६ जना रहेका छन् । अध्यक्ष थारुले लकडाउन अवधिभर घरभित्रै बसेर सरकारलाई सहयोग गर्न सबैलाई आह्वानसमेत गरे । मंगलबार क्वारेन्टाइनका लागि आवश्यक खाद्यान्न औषधीलगायतका सामग्री उपलब्ध गराइएको राप्तीसोनारी स्वास्थ्य प्रमुख विष्णु प्रसाद चुडालीले जानकारी दिए ।

Womui
Womui