मुम्बईको एकै अस्पतालका २६ नर्स र तीन डाक्टर कोरोना भाइरसको संक्रमणमा

200

एजेन्सी
मुम्बई–भारतको मुम्बईमा एक अस्पताल नै कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । वोखार्ड अस्पतालका २६ नर्स र तीन जना डाक्टरमा कोरोना भाइरसबाट संक्रमित पुष्टि भएको हो । नर्स र डाक्टरहरूलाई कोरोना भाइरस देखिएपछि स्थानीय प्रशासनले उक्त अस्पतालबाट बाहिर जान र भित्र आउन बन्द गरिदिएको छ ।

मुम्बई म्युनिसिपल कर्पोरेसनले यति धेरै स्वास्थ्यकर्मीमा कसरी कोरोना फैलिए भनेर अनुसन्धान गर्न समिति बनाएको छ । मार्च २७ मा हृदयघात भएर आएका एक जना ७० वर्षीय वृद्धबाट कोरोना भाइरस फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

ती वृद्धलाई परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । संक्रमण देखिएका दुई जना डाक्टरलाई बाहिरका अस्पतालमा भर्ना गरिएको छ ।
पछिल्लो समय महाराष्ट्रमा कोरोना संक्रमितको संख्या ७४८ पुगेको छ ।

Womui
Womui