महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर

84

छिनछिन खबर
काठमाडौं–नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको सिफारिस समितिले अधिकारीसँगै वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व अर्थसचिव राजन खनाललाई गभर्नरमा सिफारिस गरेको थियो । अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । चार्टर्ड एकाउन्टेन्ट अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर पनि हुन् ।

Womui
Womui