लकडाउन बैशाख ३ सम्म

119

छिनछिन खबर
काठमाडौं–सरकारले बैशाख ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको हे । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको जनाएको छ ।

यसअघि सरकारले चैत ११ गतेदेखि लागू एक हप्ता लकडाउन गरेको थियो । त्यसपश्चात चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो । हालसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । एक जना उपचार पछि फर्किसकेका छन् भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

Womui
Womui