भारतमा कोरोना संक्रमितको संख्या बढ्दो, एकैदिन १८ जनाको मृत्यु, ७ सय संक्रमित थपिए

34

छिनछिन खबर
काठमाडौं– छिमेकी मुलुक भारतमा किोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । पछिल्लो १ दिनमा भारतमा ७ सय जना नयाँ संक्रमित देखिएका छन् ।

एकैदिनमा ७ सय थपिँदा भारतमा संक्रमितको संख्या ४ हजा २ सय ८८ जना पुगेको छ । कोरोनाको कारण भारतमा मृतकको संख्या १ सय १७ जना पुगेको छ । त्यहाँ २४ घण्टामा मात्रै १८ जनाले ज्यान गुमाएका छन् । हालसम्म विश्‍वभर १२ लाख ७२ हजार जनामा करोना संक्रमण देखिँदा ६९ हजार ४ सय २४ जनाको मृत्यु भइसकेको भएको छ ।

यस्तै, २ लाख ६२ हजार संक्रमित उपचारपछि घर फर्किसकेका छन् । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या नौ पुगेको छ । भारतबाट फर्केका दुई जनामा कोरोनाको संक्रमण देखिएपछि सरकारले त्यहाँबाट फर्कनेमाथि कडाइ गरिरहेको छ ।

Womui
Womui