स्वास्थ्य सामग्री खरिद पारदर्शी प्रक्रियाबाटः नेपाली सेना

44

छिनछिन खबर
काठमाडौं–नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी हुने जनाएको छ । कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्रीमा अनियमितता भएपछि केही दिनअघि सरकारले खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

पत्रकारहरुसँग कुरा गर्दै सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विपदमा सरकारले प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको बताए । ‘मन्त्रिपरिषदको निर्णय जीटुजी प्रक्रियाबाट खरिद गर्ने भनिएको छ’, पाण्डेले भने, ‘त्यसैले हामीले विभिन्न निकायसँग समन्वय गरेर यथाशिघ्र स्वास्थ्य सामग्री खरिद गर्छौं ।’

सैनिक प्रवक्ता पाण्डेले कोभिड–१९ को स्थानीय संक्रमण देखिएको सन्दर्भमा सेना आफूलाई प्राप्त जिम्मेवारीबाट पछि नहट्ने समेत बताएका छन् । ‘सरकारले हाम्रो संयन्त्रलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ । हामी पूरा गर्न तयार छौं’ पाण्डेले भनेका छन् ।

Womui
Womui