शमशेर गन्जमा वाइफाइसहितको क्वारेन्टाइन

101

छिनछिन खबर, राप्तीसोनारी, चैत २२-
शमशेरमा वाइफाइसहितको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्सेरगन्जस्थित शिवशक्ति माध्यामिक विद्यालयमा गाउँपालिकाले शनिबार क्वारेन्टाइन स्थापना गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन गाउँपालिकाले वडा नम्बर २, ८ र ९ लाई लक्षित गरेर विद्यालयमा १५ शैया क्षमताको क्वारेन्टाइन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । भारतलगायत अन्य देशबाट फर्केकालाई उक्त क्वारेन्टाइनमा राखिने छ ।


वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेतका अनुसार उक्त क्वारेन्टाइनमा ३ स्वास्थ्यकर्मी, एक कार्यालय सहयोगी र खाना पकाउने जनशक्ति समेतको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बस्नेले अनलाइन समाचारमार्फत देशको स्थिति बुझ्न, समय बिताउन र आफन्तसँग प्रत्यक्ष सम्पर्क गर्न सजिलो होस् भन्ने उद्देश्यले  वाइफाइको व्यवस्था गरिएको बस्नेतले बताए । आवश्यकता अनुसार अहिले १५ शैयालाई बढाएर एक सय शैयासम्म पुर्‌याउन सकिने वडाध्यक्ष बस्नेत बताए ।

क्वारेन्टाइनमा खाना, पानी, झुल, कम्बल, ट्बेल, ब्रुस, मन्जनको व्यवस्थासमेत गरिएको छ । क्वारेन्टाइन रेडक्रससँगको सहकार्यमा निर्माण गरिएको हो ।

Womui
Womui