निराधार ‘अफवाह’ फैलाएको भन्दै वडाध्यक्ष हरिजनको आपत्ती

126

कोहलपुर, चैत २३-
कोहलपुर नगरपालिका वडा नम्बर १४ मा फैलाएको ‘अफवाह’ निराधार रहेको वडा कार्यालयले स्पष्ट पारेको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ का जन प्रतिनिधीले राहत वितरणमा अनियमितता गरेको एक समुहले लगाएको आरोपमा सत्यता नभएका उनले स्पष्ट पारेका हुन् । के.एल दुगड गु्रपले दिएको राहतमा मनोमानी नभएको वडाध्यक्ष टेक चन्द हरिजनले एक विज्ञप्ती जारी गरेर स्पष्ट पारेका हुन् । वडा नम्बर १४ का बिपन्न परिवारलाई बितरण गर्न दुगडले १ सय ५० बोरा खाद्यान्न सहयोग गरेको थियो ।

दुगडले दिएको राहात सामाग्री मध्ये शुक्रबार दिउँसो १ सय २ बोरा कोहलपुर १४ का वडाध्यक्ष हरिजनले वितरण गरेका थिए । वडाको निर्णय अनुसार बाँकी बचेको खाद्यान्नलाई सम्बन्धित जनप्रतिनिधीले लगेर बाड्नुपर्ने भन्दै जिम्मेवारी दिइएको थियो । बाँकी बचेको ४८ बोरा राहात सामग्री वडाध्यक्ष हरिजन, वडा सदस्य रुक्मीणा शर्मा र शान्ति सुनारले वितरणका लागि घर लगेर राखेका थिए ।

‘शुक्रबार अवेर भएपछि शनिबार वितरण गर्ने सहमतीमा सुरक्षित होस् भनेर घर लगिएको थियो, तर अनावश्यक हल्ला फिजाएर हाम्रो बद्नाम गर्न खोजियो, यो एकदमै आपत्तीजनक छ,’ उनले भने । बचेको सबै राहत शनिबर वितरण गरिसकेको वडाध्यक्ष हरिजनले जानकारी दिएका छन् । वडासदस्य रुक्मिणा शर्माले पनि लिएर गएको सबै राहत बाडेको बताइन् ।

Womui
Womui