भारतको मध्यप्रदेशमा राजनीतिक संकट चुलियो, २० मन्त्रीद्वारा सामूहिक राजीनामा

35

एजेन्सी
काठमाडौं–भारतको मध्यप्रदेशका २० मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलनाथद्वारा बोलाइएको मन्त्रिपरिषद बैठकमा २० मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । यो बैठक सरकारमाथि आएको संकटका विषयमा छलफल गर्न बोलाइएको थियो ।

राजीनामा दिएका मन्त्रीहरुले मुख्यमन्त्रीलाई विवेक प्रयोग गरेर मन्त्रिमण्डल पुनर्गठन गर्न आग्रह गरेका छन् । उनीहरुले सरकारलाई अस्थिर बनाउने भारतीय जनता पार्टीको षड्यन्त्रलाई सफल हुन नदिने बताएका छन् ।

Womui
Womui