आठ देशका नागरिकलाई अनअराइभल भिसामा रोक

150

छिनछिन खबर
काठमाडौं–नेपालले आठ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ । अध्यागमन विभागले विज्ञप्ति जारी गर्दै फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अनअराइभल भिसा रोकिएको बताएको छ ।

 

यसअघि चीन, जापान, दक्षिण कोरिया, इरान र इटलीबाट आउने नागरिकलाई अनअराइभल भिसा रोकिएको थियो । यो निर्णय अर्को निर्णय नहुन्जेलसम्मको लागि लागु हुने जनाइएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण हाल विश्वका करिब एक सय मुलुकमा फैलिएको छ ।

Womui
Womui