‘सरकार समृद्धि र सुशासनमा असफल, भाषणमा मात्रै सफल : कांग्रेस नेतृ डिला संग्रौला

219

नेपालगन्ज, फागुन २०-


नेपाली कांग्रेसका नेतृ डा. डिला संग्रौलाले कम्युनिष्ट सरकार समृद्धि, सुशासन र कानुन बनाउन असफल भएपनि भाषणमा मात्रै सफल भएको बताएकी छन् । नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएकी हुन् । नेपाली कांग्रेसले कुनै समयमा कम्युनिष्ट शासन आयो भने बोल्न पाइदैन, लेख्न पाइदैन भनेर भन्दा केही मानिसहरु विगतमा हाँस्ने गरेपनि अहिले आफै अनुभुती गरिरहेको डा. संग्रौलाले बताइन् ।
सरकाार अलोकतान्त्रिक बाटोमा जान खोजिरहेको उनको धारणा छ । ‘प्रत्यक्ष राष्ट्रपतिको सिस्टममा जान खोजेर राष्ट्रपतिलाई थप अधिकार दिन सरकार उद्धत हुदैछ, प्रधानमन्त्री केपी शर्मा ओली श्रीपेच बिनाको राजा बन्दैछन्, मुलुक अराजक अवस्थामा जादैछ,’ उनले भनिन् । नेपाली जनताले विकासको अनुभुती गर्न नपाएको र जनतामा निराशा पैदा भएको नेतृ संग्रौलाले जिकिर गरिन् ।
‘सरकारले पछिल्लो काण्डको रुपमा प्रतिनिधी सभामा हारेका बामदेव गौतमलाई फेरी राष्ट्रिय सभामा ल्याउने गरी संबिधान संशोधन गर्ने काण्ड ल्यायो, समिति आफै गठन ग¥यो, समिति आफै भंग भयो,’ संग्रौलाले अगाडी भनिन् ‘नेपाली जनताले उपचार नपाउने, खान नपाउने, किसानले मुल्य नपाउने, बेराजगार युवाले रोजगारी नपाइरहेको अवस्थामा ‘सर्वहारा’ पार्टीका यो मुलुकका प्रधानमन्त्रीले खर्चिलो रुपमा नेपालको नक्सा भएको केक चिरा–चिरा काटेर धेरैलाई भोज खुवाएर राजतन्त्रको शैलीमा जन्मदिन मनाएका छन्, म खबरदारी गर्छु, जनताको पसिनाबाट उठेको करलाई दुरुपयोग गर्न पाइदैन ।’


फरक प्रसंगमा उनले पार्टीको आसन्न १४ औं महाधिवेशन महिला मैत्री हुने र महाधिवेशनको नेतृत्व महिलाले गर्नुपर्ने बताइन् । ‘संबिधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलालाई आरक्षण दिएपनि वर्तमान सरकारले पु¥याउन सकेको छैन, तर नेपाली कांग्रेसको विधानले एक तिहाई महिला भनेको छ, अब बन्ने समिति र १४ औं महाधिवेशन महिलामैत्री हुन्छ ।’ महाधिवेशनका लागि वितरण गर्न लागिएको ५० प्रतिशत कृयाशिल सदस्यताले सबै जात, जातीलाई समेट्ने विश्वास गरिन् ।
महाधिवेशनको संघारमा पार्टीले विभाग गठन गरेको सन्र्दभमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिदै संग्रौलाले ढिलै भएपनि पार्टीको विधानलाई समेटेर सभापतिले विभाग गठन गरेको बताईन । ‘विभाग गठन सँग–सँगै नेपाली कांग्रेसभित्र केही असन्तुष्टीका स्वर सुनिएको छ, त्यसलाई म स्वीकार गर्छु, लोकतान्त्रिक पार्टीभित्र जहिले पनि नेपाली काग्रेसको इतिहासमा सहमती, समन्वय र सहकार्यको यात्रा हो,’ उनले भनिन् ।


नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटमा कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर लगायतको पनि उपस्थिती रहेको थियो । पत्रकार भेटघाट सञ्चालन प्रेस युनियन बाँकेका कोषाध्यक्ष मधु पौडेलले गरेका थिए ।

Womui
Womui