पाँच वटा देशबाट आउने यात्रुलाई अनअराइभल भिसामा रोक

30

छिनछिन खबर
काठमाडौं–कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै अध्यागमन विभागले ५ वटा देशबाट आउने नागरिकको अनअराइभल भिसामा अस्थायी रुपमा रोक लगाएको छ । विभागले कोरोनाबाट बढी प्रभावित भनिएका ५ वटा देशबाट आउने नागरिकले पाउने अनअराइभल भिसा मार्च १० तारिखदेखि लागू हुने गरी रोक लगाउने निर्णय गरेको हो ।

 

विभागका अनुसार चीन, इरान, इटली, दक्षिण कोरिया र जापानबाट आउने यात्रुलाई मार्च १० गते अर्को सूचना नआएसम्म अन अराइभल भिसामा रोक लगाउने निर्णय गरेको छ । विभागले ती देशबाट नेपाल आउन चाहेमा नेपाल नियोगमार्फत भिसा लिएर आउन सक्ने समेत उल्लेख गरिएको छ । यसका लागि यात्रुले हालसालै स्वास्थ्य परीक्षण गरिएको सर्टि्फिकेट समेत पेश गर्नुपर्नेछ ।

Womui
Womui